Author: Sanjay Sharma “Khetaarey”

  • साइकलयात्रीको गन्थन

    साइकलयात्रीको गन्थन

    खुमलटारदेखि लगनखेल, झम्सीखेल, सानेपा, कालीमाटी, कलंकी हुँदै साइकल चलाउँदै स्यूचाटार पुग्दा झमक्क साँझ परिसकेको थियो । पुसको महिना थियो । बाहिर अति जाडो भएपनि म पसिनाले निथुक्कै भिजेको थिएँ । मेरो ट्रेक (Trek) कम्पनीको ९७० को सिङ्गल ट्रयाक मोडल साइकल छ । सन् १९९१ मा निर्मित साइकल मैले क्षेत्रपाटीको साइकल…

  • एउटा बिथोलिएको सपना

    एउटा बिथोलिएको सपना

    २०६८ को जेठताका म धनुषा जिल्लाको सिङ्गराजोर गाउँ पुगेको थिएँ । त्यहाँ गाई चराउँदै गरेका रमेश यादव (नाम, थर परिवर्तन) भेटिए । उमेर २० । पातलो शरीर । खैरो रङ्गको हाफ चेक सर्ट र खरानी रङ्गको फुल प्यान्ट लगाएका । शान्त अनुहार । नरम स्वरका । धेरै नबोल्ने । उनले…

  • गोर्खे टोपीको राष्ट्रियता

    गोर्खे टोपीको राष्ट्रियता

    घडीमा बिहानको ठ्याक्कै ७:४५ भएको थियो । आसामको राजधानी गुवाहाटीमा मैले सिलिगुरी तर्फ गुड्न लागेको कामाख्या एक्स्प्रेस् रेल चढें । स्लीपर क्लास् । म बसेको क्याबीन खाली थियो । रेल छुट्न १५ मिनेट बाँकी थियो । लगत्तै एउटा गोरो वर्णको केटा सोहि क्याबीनमा आयो । गोलो अनुहार भएको । फुर्तिलो…

  • फिल्मको क्लाईम्याक्स् जस्तो दिन

    फिल्मको क्लाईम्याक्स् जस्तो दिन

    २०७७ जेठ १ | 14 May 2020 सन् २०१३ को नोभेम्बरताका म भारतको आसाममा काम गर्थें । मेरो काम आठ जना आसामी अनुसन्धाताहरुलाई सुपरभाईज गर्नु थियो । आठ मध्ये पाँच केटा र तीन केटी थिए । आसामीहरु गुवाहाटीको एउटा संस्थामा काम गर्थे जसलाई काठमाडौंमा रहेको एउटा गैर-सरकारी संस्थाले सर्भे गर्ने…

  • नश्लवाद (रेसिजम्) को शिकार

    नश्लवाद (रेसिजम्) को शिकार

    २०७७ बैशाख ३० | 12 May 2020 “तिमीलाई रोमा हो भन्ठान्छन् । खासै रेसिजम् त भोग्नु पर्दैन होला तिमीले ।” सम्प्रितीले म हङ्गेरी जानु अघि मेरो अनुहार हेर्दै भनेकी थिई । “मैले त साइकल चलाईरहेको बेला एउटा केटा मेरो साइकलको अगाडि आएर एक्कासी उभियो । मेरो साइकल झण्डै लडेको थियो…

  • खुट्टीको सुप

    खुट्टीको सुप

    सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २५ | 07 May 2020 बा बिरामी पर्नु भएको थियो । बा पहिले पनि सालै पिच्छे बर्खा याम तिर बिरामी पर्नु हुन्थ्यो । धेरै जस्तो टाईफाईड हुन्थ्यो । पत्रकारिता गर्दा जता पनि होटलमा खाने बानीले होला । पछि मोटरसाइकलले ठोकेर कुमको हड्डि भाँचिएपछि बा अलि…

  • प्रेसर कुकर

    प्रेसर कुकर

    सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २४ | 06 May 2020 हँगेरीमा म राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै थिएँ । उनी समाजशास्त्रमा । रसियाबाट आएकी थिइन् । होस्टेलमा मेरो कोठाको सामुन्ने उनको कोठा थियो । कहिले काहीं ढोकाबाट निस्कँदा आँखा जुध्थ्यो । बिस्तारै मुस्कान साटिन थाल्यो । उनको आँखा साह्रै राम्रा थिए…

  • पुलमा “भूत”

    पुलमा “भूत”

    सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २२ | 04 May 2020 अँध्यारैमा ज्ञादी-कुश्मा झोलुङ्गे पुल तर्नु पर्ने थियो । बाग्लुङ-काठमाडौंको बसलाई सात बजे कुश्मा बजारमा भेट्टाउनु थियो । पुसको महिना भएकाले साह्रै जाडो थियो । बिहान पाँच बजे ठूलाबा, ठूलीआमा उठिसक्नु भएको थियो । म पनि बेलैमा उठें र नित्यकर्म भ्याएर…

  • गान्धी र चोर

    गान्धी र चोर

    – सञ्जय शर्मा “खेतारे” 1 May 2020 | २०७७ बैशाख १९ चोरसँग मैले गरेको “गान्धीगिरी”का बारेमा जब मैले टोलका केटाहरुलाई सुनाएको थिएँ, सुरुमा कसैले पत्याएका थिएनन् । एकैछिन पछि धीरेन्द्रले जङ्गीदै त्यसको “हात भाँचिदिनु पर्ने तिमीले” भनेको थियो । ऊ स्वभावैले अलि जङ्गी मान्छे थियो । भेला भएका मध्ये कसैले…

  • हा ! घर !

    हा ! घर !

    सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख ५ | 17 April 2020 कथाका शिवले भर्खरै मृत्यु भएकी सतिदेवी सम्झिए जस्तो । एक्कासी आफ्नो सबै भन्दा नजिकैको केहि चुँडिएर गएजस्तो । कसैले आफ्नो आड-भरोसा खोसेर लगे जस्तो । दीप श्रेष्ठको गीत जस्तै हर रात सपनीमा ऐठन भए जस्तो । कुनै कुरा पनि आफ्नो…